Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा विभाजनको असर भातृ संगठनहरुमा पनि सुरु, छुट्टा छुट्टै भेला र बैठक आयोजना

नेकपा विभाजनको असर भातृ संगठनहरुमा पनि सुरु, छुट्टा छुट्टै भेला र बैठक आयोजना

  • शुक्रवार, पौष १० २०७७

  • 751
    SHARES

  • नेकपा विभाजनको असर भातृ संगठनहरुमा पनि सुरु, छुट्टा छुट्टै भेला र बैठक आयोजना

    काठमाडौं । सत्तारुढ दल नेकपाको विभाजनको असर भातृ संगठनहरुमा पनि पर्न थालेको छ । उनीहरुले पनि कार्यालय कब्जा गर्ने प्रतिश्पर्धा गर्दै छुट्टा छुट्टै बैठक तथा कार्यक्रम आयोजना गर्न थालेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीको बैठक आज बस्न लागेको छ ।

    काठमाडौको सम्राट पार्टी प्यालेस, नयाँ बजारमा विहान ११ बजेपछि बैठक बस्न लागेको जनाइएको छ । नेकपाकै प्रचण्ड माधव पक्षका विद्यार्थीहरुले पनि छुट्टै बैठक तथा भेलाको आयोजना गर्ने तयारी भइरहेको जनाएका छन् ।


    शुक्रवार, पौष १० २०७७०९:३३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij