Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध परेका रिटको आज संवैधानिक इजलाशमा सुनुवाई हुँदै

संसद् विघटनविरुद्ध परेका रिटको आज संवैधानिक इजलाशमा सुनुवाई हुँदै

  • शुक्रवार, पौष १० २०७७

  • 1.0K
    SHARES

  • संसद् विघटनविरुद्ध परेका रिटको आज संवैधानिक इजलाशमा सुनुवाई हुँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुने भएको हो ।


    प्रधानन्यायाधीश जबराको एकल इजलाशले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको थियो । आज १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।


    यसअघि गएको बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।


    वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका हुन्


    प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलाशकै क्षेत्राधिकारभित्र पर्ने बताएका थिए ।


    शुक्रवार, पौष १० २०७७०९:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij