Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत प्रदर्शन गर्ने, आजै निर्वाचन पनि आयोग जाने

प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत प्रदर्शन गर्ने, आजै निर्वाचन पनि आयोग जाने

  • शुक्रवार, पौष १० २०७७

  • 781
    SHARES

  • प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत प्रदर्शन गर्ने, आजै निर्वाचन पनि आयोग जाने

    काठमाडौ । विवादित नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौमा वृहत प्रदर्शन गर्न लागेको छ ।  केन्द्रीय कमिटीले हिजो गरेको निर्णयअनुसार बिहान साढे ९ बजे सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायतले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने भएका हुन् ।

    माइतीघरमा विरोध प्रदर्शन गरिएपछि मध्यान्ह १२ बजेपछि निर्वाचन आयोग जाने कार्यक्रम पार्टीले तय गरेको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरोध प्रदर्शनमा आफूपक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई सहभागी गराउन आग्रह गर्नु भएको छ पार्टीको घोषित कार्यक्रम अनुसार आजै २ बजे अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।

    प्रचण्ड–माधव पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेर प्रतिनिधि सभा विघटनका विरुद्धमा आजैदेखि आन्दोलन सुरु गर्न लागेको हो ।

    यो समूह निकट विद्यार्थीहरूले पनि आज देशभरी नै विरोध प्रदर्शन सहित कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् ।


    यसैबीच प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा अन्य दुई दलले पनि आज विरोध प्रदर्शनको तयारी गरेका छन् । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधि सभा विघटनको विरुद्धमा पुत्लादहन गर्ने भएको छ ।

    विभिन्न जिल्लाको प्रमुख स्थानहरूमा प्रधानमन्त्री एवं राष्ट्रपतीको पुत्ला दहन गर्ने कार्यक्रम तय गरिएको जनता समाजवादी पार्टीले जनाएको छ ।
    त्यसैगरी विवेकशील पार्टीले पनि प्रधानमन्त्री ओलीको गैरसंबैधानिक कदम बिरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।


    शुक्रवार, पौष १० २०७७०९:२१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij