काठमाडौँ । संवैधानिक निकायहरुले संविधान र कानुनको गलत व्याख्या गरेमा शसक्त प्रतिकार हुने नेकपाको बहुमत पक्षले चेतावनी दिएको छ ।
पार्टी एकताका बेला निर्वाचन आयोगमा दर्ता भएका केन्द्रीय सदस्यहरुको सूचीका आधारमा बहुमत देखिएको प्रचण्ड माधव समूहका नेतााहरुले संविधान र कानुन अनुसार आफुहरु नै आधिकारीक हुने दावी गरेका हुन् ।
संविधान र कानुन अनुसार आफुहरु नै आधिकारीक हो भन्ने स्पष्ट हुँदा हुदै पनि गलत व्याख्या भए प्रतिकार गर्ने प्रचण्ड माधव पक्षका नेताले चेतावनी दिएका छन् ।
पूर्व कानुन मन्त्री समेत रहेका नेकपा नेता शेरबहादुर तामाङले संविधान र कानुनको गलत व्याख्या गर्ने अधिकार कसैलाई नभएकोमा जोड दिनुभयो ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई रहेको कुरा पटक पटक दोहोर्याउदै उहाँले गलत व्याख्या गर्न भने नपाईने जिकिर गर्नुभयो ।
नेकपाको आधिकारीकताका बारेमा निर्वाचन आयोग र प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई सवैले गम्भीरता पुर्वक नियालिरहेको उहाँको भनाई छ ।
आयोग र अदालतले संविधान र कानुन हेरेर निर्णय गर्नुपर्ने र त्यो संविधान र कानुन जनताले पनि पढेको भएकाले त्यसभन्दा बाहिर गएर निर्णय र फैसला गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “ती निकायहरुले के फैसला र के निर्णय गर्दा रैछन त्यो त हामी पनि हेरौला नी, निर्णय गरेर बाहिर निस्कनासाथ के हुदोरहेछ त्यो पनि त ख्याल गर्नु पर्ला नी ।”
पूर्व कानुन मन्त्री गुरुङले गलत निर्णय भएमा आफुहरु भिड्न तयार रहेको चेतावनी दिदै संवैधानिक निकायका पदाधिकारीहरुको ह्याकुला पनि छामिएको बताउदै उहाँले संवैधानिक तथा कानुनी प्रावधान र मनासय हेर्दा प्रतिनिधि सभा विघटन गर्न नमिल्ने दावी गर्नुभयो ।