काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ - माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।
भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए। प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुुभयो। यस्तै बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। त्यसको सचिवालयसमेत गठन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुुभएको छ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। पार्टी एकतालाई कमजोर पार्न खोज्ने र कुशासनमा धकेल्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध एक भएर एकतालाई सुदृढ बनाउन प्रतिनिधिसभाको विघटनको घोषणा र प्रतिगामी षडयन्त्रविरुद्ध कार्यक्रम गर्ने उद्घोषसहित यो समूहले पहिलो चरणका कार्यक्रमको सार्वजनिक गरेको हो ।