Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • बिहिवार, पौष ९ २०७७

  • 1.2K
    SHARES

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार प्रतितोला ९०० ले ओरालो लागेको सुनको मूल्यमा आज प्रतितोला १०० ले बढेको हो । बुधबार प्रतितोला ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार १०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भइरहेको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेको छ ।

    बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार २८० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।

     


    बिहिवार, पौष ९ २०७७१२:०९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij