काठमाडौं । नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुहुने भएको छ ।
प्रतिनिधि सभा विघटनको ४ दिनसम्म अनिर्णित रहनु भएका बादलले लामो छलफलपछि ओलीलाई रोज्नुभएको छ ।
बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्ड–नेपाल पक्षले नै बादल उतै गएको बताएको छ।
बादल ओलीतिर जाँदा भने एक्लै जानुभएको छ । उहाँका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदीसहित उहाँको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका छन।
यसअघि बादललाई आफ्नो पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुग्नुभएको थियो ।
बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो।