काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएको छ ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुग्नुभएको थियो ।
उहाँहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो । समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।