Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा विभाजन भएको हो : प्रधानमन्त्री

नेकपा विभाजन भएको हो : प्रधानमन्त्री

  • बिहिवार, पौष ९ २०७७

  • 1.4K
    SHARES

  • नेकपा विभाजन भएको हो : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन भएको स्वीकार गर्नुभएको छ ।

    बुधबार एक टेलिभिजन अन्र्तवार्तामा उहाँले नेकपा विभाजन भएको स्वीकार गर्दै प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हास्यास्पद भएको पनि तर्क गर्नुभएको छ ।

    आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको पनि दाबी गर्नुभयो ।

    यस्तै प्रधानमन्त्री ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी पनि दिनुभएको छ । नेकपाको केन्द्रमा देखिएको विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले प्रदेश र पालिकामा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड–नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको हो ।

    ओलीले पार्टीमा अहिलेको विभाजन माधव नेपाल र झलनाथ खनालसँग नभएर प्रचण्डसँग भएको बताउनुभयो । त्यसैले पूर्वएमालेको पार्टी कार्यालयमा नेपाल र खनालले दाबी गर्न नमिल्ने र नसक्ने उहाँले जिकिर गर्नुभयो । आफूले पेरिसडाँडाको सम्पत्तिमा हक दाबी नगर्ने पनि ओलीले स्पष्ट पार्नुभयो ।

    ओलीले प्रचण्ड–नेपाल समूहको मंगलबारको केन्द्रीय कमिटी बैठकमा देखिएको दृश्यबारे व्यङ्ग्य पनि गर्नुभयो ।
    ओलीले केन्द्रमा अर्को समूहको संख्या केही धेरै जस्तो देखिए पनि तल्लो तहमा आफ्नो पक्ष नै बलियो रहेको दाबी पनि गर्नुभएको छ ।

    ओलीले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले चुनावमा जाने घोषणा गरेपछि देश अब चुनावमा होमिएको बताउनुभयो ।
    प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपालको भूमि समेटेर नक्सा छापेपछि आफूमाथि प्रहार भएको दाबी पनि गर्नुभयो ।


    बिहिवार, पौष ९ २०७७०८:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij