Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अब नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ : प्रचण्ड

अब नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ : प्रचण्ड

  • बुधवार, पौष ८ २०७७

  • 1.7K
    SHARES

  • अब नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ : प्रचण्ड

    काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको नेता भएपछि आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताउनु भएको छ ।

    ओलीलाई कारबाही गर्दै छुट्टै केन्द्रीय समिति गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको समूहका तर्फबाट अध्यक्ष दाहाल संसदीय दलको नेता चयन हुनुभएको हो ।

    ‘‘संसदीय दलको नेता सर्वसम्मत चयन भएको छु, पक्कै पनि यो ठूलो जिम्मेवारी हो र अत्यन्तै चुनौतीपूर्ण समयमा मैले यो जिम्मेवारी पाएको छु,’’ नेता चयन भएपछि दाहालले भन्नुभयो, ‘‘मेरो कोसिस नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जिवन्त राख्नेमा हुने छ ।’’

    उहाँले नेपाली जनताको विश्वास लिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै सबै सांसदहरुको विश्वास लिएर राष्ट्रहितमा कामगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बताउनुभयो । “सबै दलसँग सहकार्य गर्दै विश्वास लिएर संसदलाई जीवित राखेर जनताको पक्षमा काम गर्छौं,” उहाँले भन्नुभयो, “नयाँ सरकार गठन गर्नेतिर ध्यान जान्छ ।”


    बुधवार, पौष ८ २०७७०४:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij