काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका थिए । उनीहरूबीच १ घण्टा छलफल भएको बताइएको छ ।
यतिवेला नेकपाका ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । यसैबीच, ओली र बादलको भेट हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यता, बादलले पनि आफ्नो समूह स्पष्ट पार्न सकेका छैनन् । मंगलबार नै पुष्पकमल दाहाल प्रचण्डले पनि बादललाई उनकै निवास पुल्चोकस्थित मन्त्री क्वार्टरमा भेटेका थिए ।
धाएर भेट्दा पनि प्रचण्डले बादललाई मनाउन नसकेको अनुमान गरिएको छ । अर्कोतिर प्रधानमन्त्री ओलीलाई भने बादलले बालुवाटार नै गएर भेटेका छन् । त्यसैले उनले प्रचण्डलाई भन्दा ओलीलाई रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
बादलले भने मंगलबार अर्का तटस्थ रहेको भनिएका वामदेवलाई भेटेका थिए । कुन कित्ता रोज्ने भन्ने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ ।