Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सर्वसहमतिले पारित भयो प्रचण्डलाई संसदीय दलको नेता बनाउने नेपालको प्रस्ताव

सर्वसहमतिले पारित भयो प्रचण्डलाई संसदीय दलको नेता बनाउने नेपालको प्रस्ताव

  • बुधवार, पौष ८ २०७७

  • 1.1K
    SHARES

  • सर्वसहमतिले पारित भयो प्रचण्डलाई संसदीय दलको नेता बनाउने नेपालको प्रस्ताव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ ।

    नेपालले आज राखेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।

    प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उहाँको स्थानमा नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

    ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव नेपालले पेशह गर्नुभएको थियो ।

    यसैबीच, नेपालले अध्यक्ष प्रचण्ड संसदीय दलको नेतामा सर्वसहमतिले निर्वाचित भएको घोषणा गर्नुभएको छ ।


    बुधवार, पौष ८ २०७७०२:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij