Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘नेकपा मिलाउने चीनको प्रयास संसद् भंग गरेर ओलीले असफल बनाइदिए’ : पूर्वराजदूत राय

‘नेकपा मिलाउने चीनको प्रयास संसद् भंग गरेर ओलीले असफल बनाइदिए’ : पूर्वराजदूत राय

  • बुधवार, पौष ८ २०७७

  • 1.2K
    SHARES

  • ‘नेकपा मिलाउने चीनको प्रयास संसद् भंग गरेर ओलीले असफल बनाइदिए’ : पूर्वराजदूत राय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद् (प्रतिनिधि सभा) भंग गरेपछि भारतीय पक्षबाट पनि विभिन्न प्रतिक्रिया आएका छन् । प्रतिक्रिया दिनेमा पूर्वराजदूतदेखि लिएर पूर्वजर्नेलसम्म छन् । नेपालको संसद् भंग हुनु भारतीय पक्षको सफलताको रुपमा व्याख्या हुन थालेका छन् ।

    पछिल्लो राजनीतिक अवस्थाले नेपालमा चीनको प्रभाव घटेको र भारतलाई फाइदा पुगेको उनीहरुको निष्कर्ष छ ।

    यसैबीच, नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले इकोनोमिक टाइम्समा एउटा लेख लेखेका छन् । त्यहाँ प्रकाशित लेखमा पूर्वराजदूत रायले चीनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलाउने खोजेको तर त्यो प्रयास असफल भएको निष्कर्ष निकालेका छन् ।

    ‘चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरिरहेको वेलासम्म सबै ठीक थियो । तर, चीनले ओलीको नेतृत्वको निरन्तरतामा भन्दा नेकपा एक रहने विषयमा बढी चासो दिएको महसुस भएपछि ओलीको रणनीति बदलिएको हो’ राजदूत रायले लेखेका छन्, ‘त्यसपछि ओलीले भारतसँग सम्पर्क बढाएका हुन् ।’

     


    बुधवार, पौष ८ २०७७१२:०८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij