Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती

नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती

  • बिहिवार, आषाढ २५ २०७७

  • 826
    SHARES

  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती

    काठमाडौं । सत्तारुढ दल नेकपाको पदिय स्वार्थले पार्टीमा उत्पन्न विवादका कारण नेपालको विदेश नीति गम्भिर मोडमा पुगेको छ ।

    मुलत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असक्षमता लुकाउन र त्यसबिरुद्ध पार्टी एवं जनस्तरबाट आएको विरोधलाई अन्त्यत्रै मोड्नका लागि दिएका अभिव्यक्तिहरु अहिले नेपालकै हितबिरुद्ध प्रयोग हुन थालेका छन् ।

    खासगरी नेकपाको आन्तरिक राजनीतिमा चीनको अप्रत्यासित प्रवेश र प्रधानमन्त्री ओलीको भनाईलाई लिएर भारतीय मिडियाहरु नेपालबिरुद्ध तल्लो स्तरमै उत्रिएका छन् । नेपाल सरकारले लिम्पियाधुरासहितका भूभागलाई समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाहरु पत्रकारिताको मूल्य र मान्यता भन्दा तल्लो तहमा झरेका छन् ।

    उनिहरुले भारतले मिचेको भूभागलाई नेपालको नक्सामा राखिएको भन्दा पनि नक्सा जारी गर्दा र त्यसपछि प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिहरुलाई महत्व दिएर नेपालको विरोध गरिरहेका छन् । यो विरोधलाई नेकपा नेताहरुले समेत पार्टीको आन्तरिक कलहले निम्त्याएको परिणाम भनेका छन् । नेकपाका नेता मणि थापा ।


    प्रधानमन्त्री ओलीले आफुलाई भारतले प्रधानमन्त्री र पार्टी नेतृत्वबाट हटाउन चाहेको भनाई राख्नु र केहिदिन यता सत्तारुढ नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढ्नु भारतीय मिडियाका लागि ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै भएको छ ।

    भारतीय मिडियाहरुको नेपालबिरुद्ध तल्लो स्तरको गतिविधिलाई लिएर नेपाल पत्रकार महासंघले पनि आपत्ति जनाएको छ । तर, महासंघले यो विषयमा भारतीय समकक्षीहरुसँग कुरा गर्न सकेको छैन ।

    भारतमा दैनिक पत्रिका भन्दा अरुलाई सरकारले अनुगमन नगर्ने भएकाले पनि अन्य मिडियाहरुको नेपाल बिरुद्धको हद बढेको महासंघको भनाई छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट ।

    भारतीय सत्ता तथा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीका मुखपत्र जसरी विरोधीमाथि खनिने यी मिडियाहरुले गलत, मनगढन्त र अमर्यादित शैलीमा समेत समाचारहरु दिने गरेका छन् ।

    त्यसको पछिल्लो उदाहरण बनेको छ, नेपाल, भारत र चीन सम्बन्ध । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा भारतीय मिडियामा सामान्य मर्यादा र शिष्टाचारको समेत पालना भएको छैन ।

    यो विषयलाई लिएर अर्थविद्हरुले नेपाल—भारतबिचको व्यापार, सीमा र नागरिकता जस्ता विषयमा नेपाल सरकारले आफ्नो स्थान बनाउन नसक्नुको कारण भनेका छन् । अर्थविद् डा. चन्द्रमणी अधिकारी ।

    भारतीय मिडियाहरुको समाचारलाई लिएर पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र कमल थापाले पनि आपत्ति जनाउनुभएको छ ।

    श्रेष्ठले ट्वीटरमा भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको बताउनु भएको छ ।
    भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपध्यायले पनि भारतीय मिडियाहरुको अनर्गल प्रचारले हद नाघेको बताउनुभएको छ ।

    उहाँले सत्तारुढ नेकपाको आन्तरिक विवाद र प्रधानमन्त्रीको भनाईका कारण नेपाल बिरोधी आवाजहरु भन्दै यस्ता विषयमा विपक्षमा रहेका दलहरुले पनि बिचार गर्न आवस्यक भएको बताउनुभयो ।

    विज्ञहरुले सरकारी गतिविधिकै कारण नेपाल, भारत र चीनसँगको मात्रै नभएर अरु मुलुकसँगको सम्बन्ध पनि अहिले विग्रदै गएको बताएका छन् ।
    वैदेशिक सम्बन्ध विस्तारका क्षेत्रमा दुइतिहाई बहुमत प्राप्त सरकार भएपनि वर्तमान सरकार कम्जोर देखिएको र सत्तापक्षकै कारण नेपालमा विदेशी हस्तक्षेप बढ्नुका साथै भारतसंगको सम्बन्ध पनि विग्रन पुगेकाले भारतीय मिडियाहरु नेपालबिरुद्ध पित पत्रकारीतामा ओर्लिएको बताएका छन ।
    नेपालसँग नक्साका कारण भारत रिसाएको र चीनले पनि भारतसँगको सम्बन्धमा तिक्तता ल्याउन नेपालमा सक्रियाता बढाएको उनिहरुको भनाई छ ।
    अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा ।तर, केही परराष्ट्रविज्ञले भने नेपालका नेताहरुकै कारण अहिले नेपाल यस्तो अवस्थामा पुगेको बताएका छन् । विदेशमा एउटा राजदूतलाई नेता र मन्त्रीहरु भेट्नका लागि असहज हुने तर, नेपालमा भने नेताहरुलाई खबरनै नदिएर पनि राजदूतहरुलाई भेटको अवसर मिलेको बताउँछन् ।
    प्रधानमन्त्रीले भारतबिरुद्ध लगातार असन्तुष्टि व्यक्त गर्नु, नक्सा जारीपछि भारतसँग वार्ता प्रक्रिया अगाडी बढाउनुको सट्टा आन्तरिक विवादमा चीनलाई भित्राउनेले अहिलेको समस्या आएको र भारतीय मिडियाहरुलाई देखाएर मात्र समस्याको समाधान नहुने विज्ञको भनाई छ । परराष्ट्रविद् डा. दिनेश भट्टराई ।

    पत्रकारिताको धर्मलाई विर्सिएर भारतीय मिडियाहरुले अहिले नेपालप्रति देखाएको व्यवहार पक्कै पनि खेद जनक छ । तर, यसको उत्पति कसरी भयो भन्ने कुरामा पनि सम्बन्धित निकायले ध्यान दिनैपर्छ ।
    भारतीय मिडियाहरु नेपाल बिरुद्ध लागे भनेर हामी पनि उनिहरुको विरुद्ध लाग्नुभन्दा नेपालका प्रधानमन्त्री ओलीलाई जोडेर बनाइएको रिपोर्ट आपत्तिजनक भएकाले कुटनीतिक तरवबाट सरकारले यसलाई खण्डन गर्न लगाउनुपर्छ ।


    बिहिवार, आषाढ २५ २०७७०७:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij