Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

तीन सयभन्दा बढी सदस्यको समर्थन रहेको समूह स्वतः आधिकारिक हुन्छ– हरिबोल गजुरेल

तीन सयभन्दा बढी सदस्यको समर्थन रहेको समूह स्वतः आधिकारिक हुन्छ– हरिबोल गजुरेल

  • बुधवार, पौष ८ २०७७

  • 2.6K
    SHARES

  • तीन सयभन्दा बढी सदस्यको समर्थन रहेको समूह स्वतः आधिकारिक हुन्छ– हरिबोल गजुरेल

    काठमाडौं । पार्टी एकता बचाईराख्ने विभिन्न विकल्प र सम्भावनाहरु हुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चाल्दा नेकपा विभाजनको अवस्थामा पुगेको प्रचण्ड–नेपाल समूहका नेताहरुले टिप्पणी गरेका छन् ।

    छलफल, बहस र सहमतिको प्रयास गर्दा पनि कुनै विकल्न नभएपछि चाल्नुपर्ने कदम ओलीले हतारमा चाल्दा पार्टी विभाजन भएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको तर्क छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा क्रममा नेता गजुरेलले भन्नुभयो, ‘विगतमा पनि मध्यावधि चुनावको घोषणा भए, सरकार गिर्नेहरु धेरै भए, धेरै अस्थिरता भयो भनेर त्यसो हुन नदिने व्यवस्था संविधानले नै गरेको छ । तर प्रधानमन्त्रीले पार्टीमा एकता बचाउने विकल्प र सम्भावनाहरु रहँदारहँदै लगत कदम चाल्दा यस्तो अवस्था आयो ।’

    प्रचण्ड–नेपाल समूह नै सही र आधिकारिक भएको उहाँले बताउनुभयो । साथै ३ सय भन्दा बढी केन्द्रीय सदस्यहरुको समर्थन रहेको समूह स्वतः आधिकारिक हुने नेता गजुरेलको दाबी छ । आधिकारिक पार्टीले नै सूर्य चिन्ह पाउने पनि उहाँले बताउनुभयो ।


    बुधवार, पौष ८ २०७७०७:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij