Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीलाई अध्यक्षबाट हटाइयो

ओलीलाई अध्यक्षबाट हटाइयो

  • मंगलवार, पौष ७ २०७७

  • 1.2K
    SHARES

  • ओलीलाई अध्यक्षबाट हटाइयो

    काठमाडौं । नेकपाका अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले गरेको छ ।

    कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो ।

    ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा गरेका थिए । ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ ।

    गौशालास्थित एक होटलमा भेला गर्दै ओलीले पार्टी दर्ताको लागि निर्देशन दिएको आरोप छ । आफू निकटलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि पारित प्रस्तावमा उल्लेख छ ।


    मंगलवार, पौष ७ २०७७०५:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij