Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अमेरिकाका लागि राजदूतमा डा. खतिवडा नियुक्त

अमेरिकाका लागि राजदूतमा डा. खतिवडा नियुक्त

  • मंगलवार, पौष ७ २०७७

  • 1.1K
    SHARES

  • अमेरिकाका लागि राजदूतमा डा. खतिवडा नियुक्त

    काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

    मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहनुभएका खतिवडालाई आज अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

    'राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,' घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     


    मंगलवार, पौष ७ २०७७०४:१८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij