काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध पार्टीकै सांसदहरू सर्वोच्च अदालत पुगेका छन् । नेताद्वय भीम रावल र देव गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।
विघटित प्रतिनिधि सभामा नेकपा ११४ जना सांसदको हस्ताक्षरसहित नेता रावल र प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतकसमेत रहेका गुरुङ सर्वोच्चको ढोकासम्म पुगेका हुन् ।
प्रधानमन्त्रीले एकलौटी रूपमा प्रतिनिधि सभाको विघटन सिफारिस गरेको र अहिले पनि संसद् जीवितै रहेको भन्दै सांसदको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूहका नेता अदालत पुगेका हुन् ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेला रावल र गुरुङ सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालत गएको स्रोतले जनाएको छ ।