Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘अब एमाले ब्युँतिन सक्दैन’ : नेपाल

‘अब एमाले ब्युँतिन सक्दैन’ : नेपाल

  • मंगलवार, पौष ७ २०७७

  • 903
    SHARES

  • ‘अब एमाले ब्युँतिन सक्दैन’ : नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ ।

    बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

    स्थायी समिति सदस्यमा कृष्णबहादुर महरालाई अनुमोदन गर्ने र संसद विघटनको विरोधका कार्यक्रमहरु तय गर्ने पनि केन्द्रीय कमिटीको कार्यसूचीमा उल्लेख छ ।

    बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएका नेताहरूले दावी गरेका छन् ।

    बैठकमा वरिष्ठ नेता नेपालले अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले एमाले ब्युँताउने हल्ला चलिरहँदा उहाँले त्यसको प्रतिक्रिया दिनुभएको हो ।


    मंगलवार, पौष ७ २०७७०३:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij