काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
यसैबीच, केन्द्रीय समितिको बैठक सुरु भएको छ ।