Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली समूहको महाधिवेशन आगामी वर्षको मंसिरमा

ओली समूहको महाधिवेशन आगामी वर्षको मंसिरमा

  • मंगलवार, पौष ७ २०७७

  • 930
    SHARES

  • ओली समूहको महाधिवेशन आगामी वर्षको मंसिरमा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष अर्थात २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको ओली समूहको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

    बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।

    नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको छ । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।

    केन्द्रीय सदस्य कृष्ण राईका अनुसार पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राखिएको हो ।


    मंगलवार, पौष ७ २०७७०१:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij