काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको छ । त्यसमा १९७ जना पछि थप गर्ने उहाँले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाउनुभएको स्रोतले जनाएको छ ।
ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठक १० बजेपछि बालुवाटारमा सुरु भएको थियो । ।