Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भैंसेपाटीमा वामदेव फकाउँदै प्रचण्ड समूहका नेता

भैंसेपाटीमा वामदेव फकाउँदै प्रचण्ड समूहका नेता

  • मंगलवार, पौष ७ २०७७

  • 994
    SHARES

  • भैंसेपाटीमा वामदेव फकाउँदै प्रचण्ड समूहका नेता

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगिसकेको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा शर्मा ओली समूहको बालुवाटारमा भेला चलिरहेको छ । अधिकांश नेता आ–आफ्ना गुटमा लागिसकेका छन् । तर, उपाध्यक्ष वामदेव गौतम भने तटस्थ रहेको बताइरहेका छन् ।

    यसैबीच, वामदेवलाई फकाउन प्रचण्डगुटका नेताहरु लागिपरेका छन् । नेकपाका वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले ललितपुरको भैंसेपाटीस्थित वामदेव निवासमा पुगेको छन् ।

    उनीहरुबीच बिहान १०ः२० बजेदेखि भेटवार्ता चलिरहेको छ । स्रोतका अनुसार वामदेवलाई आफ्नो पक्षमा उनीहरु लागिपरेका हुन् । अब वामदेव कता लाग्छन् त्यो भने हेर्न बाँकी छ ।

    संसद् विघटनपछि ओलीले वामदेवलाई भेट्न पाएका छैनन् । नभेटेपछि फकाउने कुरा पनि भएन । त्यसैले वामदेवको पल्ला प्रचण्ड समूहमा पर्नसक्ने अनुमान कतिपय विश्लेषकले लगाएका छन् ।


    मंगलवार, पौष ७ २०७७११:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij