Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली समूहको बैठक सुरु, पूर्वमाओवादीका यी नेता पनि छन् सहभागि

ओली समूहको बैठक सुरु, पूर्वमाओवादीका यी नेता पनि छन् सहभागि

  • मंगलवार, पौष ७ २०७७

  • 1.2K
    SHARES

  • ओली समूहको बैठक सुरु, पूर्वमाओवादीका यी नेता पनि छन् सहभागि

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । आज बिहान ९ बजेलाई प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको भए पनि बैठक साँढे १० बजेपछि मात्र सुरु भएको हो ।

    आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने नेकपाकै नेताहरुले बताएका छन् ।

    सोमबार सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर दुवै पक्षले तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधि सभा दुवै सदनका सांसद्को संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।

    यसैबीच, गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापा बादललाई भेट्न आज पनि अध्यक्ष प्रचण्ड पुल्चोकस्थित मन्त्री क्वाटर पुग्नुभएको छ ।
    पछिल्लो नेकपा विवादमा प्रधानमन्त्री ओलीको साथमा रहनुभएका बादल फकाउन प्रचण्ड पुल्चोक पुग्नुभएको हो । प्रचण्ड यसअघि सोमबार पनि बादललाई भेटन पुल्चोक पुग्नुभएको थियो ।

    यता, पूर्वमाओवादी केन्द्रका नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री ओलीतिर लागेका छन् । पूर्वमाओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लाग्नुभएको छ । रायमाझी र स्थायी कमिटी सदस्य थापा ओली पक्षको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।

    स्रोतका अनुसार बादल ओली गुटको भेलामा जानुभएको छैन ।

     

     


    मंगलवार, पौष ७ २०७७११:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij