काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको निर्वाचनलाई संविधान च्यातेर घोषणा गरिएको निर्वाचनको संज्ञा दिनुभएको छ ।
लोकतन्त्र र संविधानबादमा विश्वास गर्ने पार्टी भएकाले काँग्रेसले पार्टीगत फाइदालाई हेरेर अवैधानिक कदलको पक्षमा उभिन नसक्ने स्पष्ट पार्नुभयो ।
संविधानले देखाएको बाटोबाट मात्र निर्वाचन हुने हो, तर अहिले घोषणा गरेको निर्वाचन नै अवैध छ, उहाँले भन्नुभयो ।
काँग्रेसलाई अहिले निर्वाचनमा जाँदा फाइदा भएपनि लोकतन्त्र र संविधानका लागि भने बेफाइदा हुने उहाँको भनाई छ ।
काँग्रेस नेता डा रिजालले संसदले बहुमतको प्रधानमन्त्री दिनसक्ने अवस्था हुँदासम्म विघटन हुन नसक्ने भएकाले प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा दुवै अवैध भएको तर्क गर्नुभयो ।