Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

“ओली जहाँ, नेकपा र सूर्य चिन्ह त्यहाँ”

“ओली जहाँ, नेकपा र सूर्य चिन्ह त्यहाँ”

  • मंगलवार, पौष ७ २०७७

  • 7.2K
    SHARES

  • “ओली जहाँ, नेकपा र सूर्य चिन्ह त्यहाँ”

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली जहाँ रहनुहुन्छ, नेकपा र सुर्य चिन्ह त्यही रहने नेकपाका केही नेताहरुले दावी गरेका छन् । प्रधानमन्त्री ओली नै पार्टीको प्रथम अध्यक्ष भएकाले ओली नै आधिकारीक अध्यक्ष र ओली रहेको पार्टी नै आधिकारीक पार्टी हुने ओलिनिकट नेताहरुको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता खगराज अधिकारीले पार्टीका अध्यक्ष र महासचिव नै ओली रहेको ठाउँमा हुने भएकाले पनि उहाँको आधिकारीकता बढी हुने तर्क गर्नुभयो । संसद हुँदा सम्म ओली नै सर्वसम्मत संदीय दलको नेता रहेको र संसद विघटन भइसकेपछि परिवर्तन गर्न वा जोडघटाउ गर्न नमिल्ने भएकाले संसदीय दलबाट हेर्दा पनि ओली नै आधिकारीक हुने उहाँले बताउनुभयो ।

    ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले एकताबद्ध भएर निर्वाचनमा जान र गलत क्रियाकलाप गर्दै आएकाहरुसँग सतर्क हुन आह्वान गर्ने उहाँले जानकारी दिनुभयो । पार्टी विरुद्धका गतिविधि गर्नेहरुलाई सचेत गराउने वा स्पष्टीकरण सोध्ने लगायतका निर्णयहरु पनि आजको बैठकले गर्न सक्ने उहाँले बताउनुभयो ।


    मंगलवार, पौष ७ २०७७०७:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij