Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको केन्द्रीय कमिटी बैठक आज अलग-अलग बस्दै, फुट्को घोषणा गर्ने तयारीमा

नेकपाको केन्द्रीय कमिटी बैठक आज अलग-अलग बस्दै, फुट्को घोषणा गर्ने तयारीमा

  • डाकमान राई
  • मंगलवार, पौष ७ २०७७

  • 871
    SHARES

  • नेकपाको केन्द्रीय कमिटी बैठक आज अलग-अलग बस्दै, फुट्को घोषणा गर्ने तयारीमा

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षको आज अलग–अलग केन्द्रीय बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक बोलाउनुभएको छ भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक राख्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले अचानक संसद् भंग गराएपछि दुई पक्ष आ–आफ्ना रणनीति निर्माणमा लागेका हुन् । आइतबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    ओलीले त्यसअघि बिहान ९ बजे नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गर्नुभएको हो । फुटको संघारमा पुगेको नेकपामा अहिले ओली र प्रचण्ड–नेपाल पक्षबीच कडा शक्ति संघर्ष चलिरहेको छ ।

    पार्टीमा एकले अर्कालाई कारबाही गर्ने जोडबलका साथ जारी संघर्षकाबीच आज दुवै पक्षले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । सचिवायदेखि अल्पमतमा पर्दै आएको ओली पक्ष स्थायी कमिटी हुँदै पार्टीमा निर्णायक मानिने शक्तिशाली केन्द्रीय कमिटीमा पनि प्रष्ट अल्पमतमै रहेको छ ।

    पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधामन्त्री ओलीविरुद्ध कार्तिक २८ मा प्रतिवेदन पेश गरेपछि चर्किएको नेकपाको विवाद त्यसको प्रत्युत्तरमा ओलीले पनि प्रचण्डमाथी आरोप थोपर्दै अर्को प्रतिवेदन पेश गरेपछि विवाद झनै उत्कर्षमा पुगेर पार्टी नै फुटको अन्तिम विन्दुमा पुगेको हो ।

    नेकपा भित्रको पछिल्लो राजनीतिको घट्नाक्रमले नेकपा फुट्को औपचारिक घोषणा हुन मात्र बाँकी रहेका देखिएको छ ।

     


    मंगलवार, पौष ७ २०७७०८:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij