Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलाएको सर्वदलीय बैठक सकियो

कांग्रेसले बोलाएको सर्वदलीय बैठक सकियो

तीन दलको केन्द्रीय कमिटी बैठकपछि प्रतिवादको कार्यक्रममा पुग्ने सहमति
  • सोमवार, पौष ६ २०७७

  • 703
    SHARES

  • कांग्रेसले बोलाएको सर्वदलीय बैठक सकियो

    काठमाडौं । कांग्रेसले बोलाएको सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन केन्द्रीय कार्यालय सानेपामा कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीचको बैठक सकिएको हो ।

    बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर प्रतिवादको कार्यक्रममा पुग्ने सहमति गरेको छ ।

    बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए । नेकपाका बरिष्ठ नेता माधव नेपाल भने बैठक नसकिँदै बाहिरिएका थिए ।

     


    सोमवार, पौष ६ २०७७०६:३६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij