Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

तत्काल संसद् बैठक बोलाउन प्रचण्ड–नेपाल समूहको माग

तत्काल संसद् बैठक बोलाउन प्रचण्ड–नेपाल समूहको माग

  • सोमवार, पौष ६ २०७७

  • 842
    SHARES

  • तत्काल संसद् बैठक बोलाउन प्रचण्ड–नेपाल समूहको माग

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

    भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो । 

    भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

    भेलाले नेपालको संविधान बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष निकालेको छ ।

    भेलाले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ ।

     


    सोमवार, पौष ६ २०७७०४:५७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij