Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘घेराबन्दीमा परेपछि संसद् विघटन गर्न बाध्य भएँ’ : प्रधानमन्त्री

‘घेराबन्दीमा परेपछि संसद् विघटन गर्न बाध्य भएँ’ : प्रधानमन्त्री

  • सोमवार, पौष ६ २०७७

  • 899
    SHARES

  • ‘घेराबन्दीमा परेपछि संसद् विघटन गर्न बाध्य भएँ’ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताउनुभएको छ । देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई पार्टीभित्रैबाट घेराबन्दीमा पारेपछि संसद् विघटन गर्न बाध्य भएको बताउनुभएको छ । उहाँले यसको कारण नेकपाकै आफूविरोधी नेताहरु भएको जिकिरसमेत गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले सरकार घेराबन्दीमा परेपछि बाध्यतावश प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नु परेको बताउनुभएको छ ।

    ‘जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएपछि मेरा सामू सार्वभौम जनता समक्ष जानुको विकल्प रहेन’, उहाँले भन्नुभयो, ‘यसैले जनतासमक्ष प्रस्तुत हुने निस्कर्ष अनुरुप हिजो प्रतिनिधिसभा विघटन गरेर आगामी वर्षको वैशाख १७ र २७ गते निर्वाचन गर्ने व्यहोरा म निवेदन गर्न चाहन्छु ।’

    सो अवसरमा प्रधानमन्त्री ओलीले देशलाई स्थिरतातर्फ फसाउने षड्यन्त्रमा नेताहरु लागेको बताउनुभयो । तर, को नेता भनेर चाहिँ खुलाउनुभएन ।

    निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशमा जानुपर्ला भन्ने अनुमान कसैले नगरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

     


    सोमवार, पौष ६ २०७७०३:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij