Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–नेपाल समूहको बानेश्वरमा भेला, गएनन् वामदेव

प्रचण्ड–नेपाल समूहको बानेश्वरमा भेला, गएनन् वामदेव

  • सोमवार, पौष ६ २०७७

  • 1.4K
    SHARES

  • प्रचण्ड–नेपाल समूहको बानेश्वरमा भेला, गएनन् वामदेव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बानेश्वरस्थित बिआइसिसीमा भेला गरेको छ । प्रचण्डको नेतृत्वमा जारी भेलामा वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी छन् ।

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष प्रचण्डले आज बैठक बोलाउनुभएको हो ।

    आजै विहान प्रधानमन्त्री ओलीले आफू निकट सांसदहरुलाई बालुवाटार बोलाई ब्रिफिङ गर्नुभएको थियो ।

    बानेश्वर बैठकमा प्रचण्ड–नेपालनिकट सांसदहरुलाई पछिल्लो घटनाक्रमबारे प्रष्ट पार्ने बताइएको छ । बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतम भने नगएको बुझिएको छ ।

    यसैबीच, संसद् विघटनको गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको छ । यसका लागि प्रचण्ड–नेपाल समूहसहितका शीर्ष नेताले आज कानून व्यावसायीसँग परामर्श गरेका छन् ।

    आइतबार मात्रै यो समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रचण्ड–नेपाल समूहले सकेसम्म कांग्रेस र जसपाका सांसदहरुको समेत संयुक्त हस्ताक्षर गरेर अदालत जाने विकल्पमा समेत छलफल गरेको स्रोतले जनाएको छ ।


    सोमवार, पौष ६ २०७७०२:५४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij