Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा प्रधानमन्त्री र पुल्चोकमा गृहमन्त्रीको भेला

बालुवाटारमा प्रधानमन्त्री र पुल्चोकमा गृहमन्त्रीको भेला

  • सोमवार, पौष ६ २०७७

  • 805
    SHARES

  • बालुवाटारमा प्रधानमन्त्री र पुल्चोकमा गृहमन्त्रीको भेला

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेकपाका सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् ।

    छलफलमा लेखराज भट्टसमेत सहभागी रहेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापाले भने बालुवाटारको बैठकमा सहभागी हुनुहुन्न ।

    badal_91IkD1V0Xb.png

    उहाँले मन्त्रीनिवास पुल्चोकमा छुट्टै भेला गरिरहनुभएको छ । भेलामा पम्फा भुसाल, देव गुरुङलगायत ४०–५० जना नेता समभागी छन् ।
    संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

    आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएको छ ।

    यसअघि प्रधानमन्त्रीज्यूले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको थियो ।

     


    सोमवार, पौष ६ २०७७१२:०८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij