Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक दलहरु छुट्टाछुट्टै छलफलमा

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक दलहरु छुट्टाछुट्टै छलफलमा

  • सोमवार, पौष ६ २०७७

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा विघटनसँगै राजनीतिक दलहरु छुट्टाछुट्टै छलफलमा

    काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक दलहरु आज छुट्टाछुटै छलफलमा जुट्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बालुवाटारमा बोलाउनुभएको छ ।

    आज बिहान काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आज दिउँसो १ बजे आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवन बोलाएका छन् ।

    संसद् भवनको ल्होत्से हलमा उपस्थित हुन खबर गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ । आजै प्रचण्ड–नेपाल समूहले दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् । यस्तै भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

    पार्टी विभाजनको सङ्घारमा पुगेको र निकट भविष्यमै यसको छिनोफानो हुनेगरी गतिविधि अघि बढेको नेकपाकै नेताहरु बताएका छन् । नेपाली कांग्रेसले पनि सर्वदलीय बैठक बोलाएको छ ।


    सोमवार, पौष ६ २०७७०९:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij