Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद विघटनः प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

संसद विघटनः प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

  • आइतवार, पौष ५ २०७७

  • 765
    SHARES

  • संसद विघटनः प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
    यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ ।

    साथै अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

    त्यसैगरी भोलि दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलिनै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।


    आइतवार, पौष ५ २०७७०७:२५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij