काठमाडौं । राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद्को प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राख्नुभएको थियो तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उहाँ बैठक स्थलबाट बाहिरिनुभएको थियो ।
त्यसको सूचना पाए लगतै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
