काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनेतृत्वमा रहेका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै आफुहरुले मन्त्री पदबाट राजीनामा दिएको उनिहरुको भनाइ छ ।
राजिनामा दिनेहरुमा प्रचण्ड र नेपालपक्षका मन्त्रीहरु रहेका छन् । पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।
