Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

  • आइतवार, पौष ५ २०७७

  • 1.3K
    SHARES

  • राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले आज विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको छ ।

    वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरी संसद् विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइ सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

    131994042_438808340817639_4523460333235714545_o.jpg

     


    आइतवार, पौष ५ २०७७०२:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij