काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताउनुभएको छ ।
नेता गौतमले भने, ‘सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’
आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो । सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगिसक्नुभएको छ ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले अनुमोदन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।
संसद्मा हाल नेकपाको बहुमत छ ।