एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीको बुधबार दिएको एशिया कप टी–ट्वान्टी क्रिकेट स्थगित भएको प्रतिक्रिया गलत भएको जनाइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका मिडिया डिरेक्टर समिउल हसनले गांगुलीको बयानमा कुनै सत्यता नभएको बताएका छन् । उनले यस विषयमा अन्तिम निर्णय एशियन क्रिकेट काउन्सिलले लिने भन्दै हसनले गांगुलीको बयान झुटो भएको बताएका छन् ।
गांगुलीले एक कार्यक्रममा सेप्टेम्बरमा आयोजना हुने एशिया कप क्रिकेट स्थगित भएको बताएका थिए ।