Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

उपाध्यक्ष गौतमलाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव होला त कार्यान्वयन ?

उपाध्यक्ष गौतमलाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव होला त कार्यान्वयन ?

  • आइतवार, पौष ५ २०७७

  • 833
    SHARES

  • उपाध्यक्ष गौतमलाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव होला त कार्यान्वयन ?

    काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी अध्यक्ष बनाउने प्रस्तावमा विश्वास गर्न नसकिने नेकपाकै नेताहरुले बताएका छन् । उहाँलाई केही महिना अगाडिदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाउने प्रस्ताव आएर पनि अहिलेसम्म कार्यान्वयन नभएकाले अध्यक्ष बनाउने प्रस्ताव पनि कार्यान्वयन नहुने उनीहरुको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेकपा नेता डा भिम रावलले बाहिर बाहिर कस्ले कस्लाई के बनाउने भन्ने कुराको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । “विगतका धेरै सहमती कार्यान्वयन भएको छैन, त्यसैले नयाँ प्रस्ताव पनि कार्यान्वयन होला भन्ने आधार देखिदैन,” डा. रावलले भन्नुभयो ।

    पार्टीमा कुनै जिम्मेबारी दिनका लागि प्रक्रियाहरु तय गरिएको हुने चर्चा गर्दै उहाँले बैठकमा पेश गरेर प्रक्रियाबाट निर्णय गरेमा मात्रै हुनसक्ने बताउनुभयो । बैठकमा पेस नगर्ने तर बाहिर बाहिर भन्दै हिड्नुले पनि बनाउन साच्चिकै चाहेको हो की होइन भन्ने कुरा प्रष्ट हुने नेता रावलको तर्क छ ।

    पार्टी कमिटिभन्दा बाहिरबाट पद बाँड्दै हिड्नु अलोकतान्त्रीक र पार्टी पद्धती विपरित भएको उहाँको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले अध्यक्ष पद छोड्नै पर्ने भएमा उपाध्यक्ष गौतमलाई दिन तयार रहेको बताएको चर्चा चलिरहेका बेला नेता रावलले विगतमा पनि धेरै आश्वासन र सहमती उहाँले पुरा नगरेको स्मरण गराउनुभयो ।


    आइतवार, पौष ५ २०७७१०:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij