Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेस र जसपाको माग

संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेस र जसपाको माग

  • शनिवार, पौष ४ २०७७

  • 1.1K
    SHARES

  • संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेस र जसपाको माग

    काठमाडौं । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेका हुन् ।

    बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । कांग्रेसकै प्रस्तावअनुसार आज भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

    साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् । कतिपय मुद्दामा मत फरक फरक भएपनि समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा आफुहरु सहमत भएको कांग्रेस नेता डा. रिजालले बताउनुभयो ।


    शनिवार, पौष ४ २०७७०७:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij