Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

तीन तहका सरकारबीच तालमेल नमिल्दा स्थानीय तहमा बेरुजु बढ्यो – अध्यक्ष पौडेल

तीन तहका सरकारबीच तालमेल नमिल्दा स्थानीय तहमा बेरुजु बढ्यो – अध्यक्ष पौडेल

  • शनिवार, पौष ४ २०७७

  • 1.1K
    SHARES

  • तीन तहका सरकारबीच तालमेल नमिल्दा स्थानीय तहमा बेरुजु बढ्यो – अध्यक्ष पौडेल

    काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले युवाहरुमा आर्थिक अवस्थाको दिगो समाधानका लागि विशेष कार्यक्रम ल्याइएको बताउनुभएको छ । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुको अवस्था पनि केही समयपछि जस्ताकोत्यस्तै रहने देखिएपछि गाउँपालिकाले ‘गाउँ फर्क प्यारा–प्यारी’ कार्यक्रम ल्याइएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरुमा पनि केही समय पछिको अवस्था पहिलाकै जस्तो हुने, २/४ वर्ष विदेशमा कमाएर पैसा घरखर्च र बालबच्चा पढाउँदैमा सकिने र फेरि उनीहरु विदेश नै जानुपर्ने जुन वाध्यता छ, त्यसलाई रोक्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।’

    अध्यक्ष पौडेलले युवाहरु विदेश जाँदा आफ्नो घरपरिवासँगको सम्बन्धमा चिसोपना आउने र विछोड हुने सम्मको स्थिति सिर्जना भएपछि गाउँपालिकाले स्थानीय स्तरमै युवाहरुलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रम ल्याएको बताउनुभयो ।

    साथै अध्यक्ष पौडेलले तीन तहको सरकारबीच तालमेल नमिल्दा स्थानीय तहमा धेरै बेरुजु देखिएको बताउनुभयो । स्थानीय तहले सञ्चालन गर्नुपर्ने अधिकांश विकास–निर्माण र आयोजनाका काम पनि संघ र प्रदेश सरकारले हडप्नुले स्थानीय तहमा बेरुजु बढेको उहाँको भनाइ छ ।

    अध्यक्ष पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस् !


    शनिवार, पौष ४ २०७७०३:४६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij