Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीको बजेट खर्च निराशाजनक !

कर्णालीको बजेट खर्च निराशाजनक !

  • शनिवार, पौष ४ २०७७

  • 1.3K
    SHARES

  • कर्णालीको बजेट खर्च निराशाजनक !

    काठमाडौं । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्च निराशाजनक देखिएको छ ।चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब ४ प्रतिशत् बजेट खर्च भएको छ ।

    प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च गरेका छन् ।

    तीमध्ये चालुतर्फ साढे ६ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे २ प्रतिशत अर्थात् ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।

    गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा १ प्रतिशतमात्र बजेट खर्च भएको थियो ।


    शनिवार, पौष ४ २०७७०३:४५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij