Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माक्स नलगाउने अडानबाट यसकारण पछि हट्यो स्विडिस सरकार

माक्स नलगाउने अडानबाट यसकारण पछि हट्यो स्विडिस सरकार

  • शनिवार, पौष ४ २०७७

  • 1.5K
    SHARES

  • माक्स नलगाउने अडानबाट यसकारण पछि हट्यो स्विडिस सरकार

    एजेन्सी । मास्क नलगाउने अडानबाट स्विडेनको सरकार पछि हटेको छ । सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाउन त्यहाँको सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

    यसअघि मास्कको पक्षमा नरहेको स्विडिस सरकारले कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि गाडीमा यात्रा गर्दा मास्क लगाउन अपिल गरेको बिबिसीले जनाएको छ ।

    यस्तै, अन्य क्षेत्रमा पनि नयाँ नियम लागू हुने स्विडेन सरकारले जनाएको छ । प्रधानमन्त्री स्टेफन लोफ्भेनले नयाँ नियम चाँडै नै लागू हुने बताएका छन् ।

    स्विडेनले अहिलेसम्म पूर्णरुपमा लकडाउन नगरे पनि सङ्क्रमण बढ्दै गएपछि केही कडाइ भने गरेको छ ।

    यसअघि त्यहाँको सरकारले स्वास्थ्य संस्थाबाहेक अरु क्षेत्रमा मास्क प्रयोग गर्नु नपर्ने बताउँदै आएको थियो ।

     


    शनिवार, पौष ४ २०७७०३:३४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij