Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीचको वार्तामा वामदेव पनि मिसिए

ओली र प्रचण्डबीचको वार्तामा वामदेव पनि मिसिए

  • शनिवार, पौष ४ २०७७

  • 1.0K
    SHARES

  • ओली र प्रचण्डबीचको वार्तामा वामदेव पनि मिसिए

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज खुमलटार अहिले भेटवार्ता जारी छ ।

    यसैबीच, दुई अध्यक्षको भेटमा उपाध्यक्ष वामदेव गौतम पनि थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

    प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक प्रचण्डलाई भेट्न उहाँकै निवासमा जान लाग्नुुभएको हो । त्यसैले, करिब तीन वर्षपछि ओली खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई अध्यक्षको भेटवार्तामा वामदेव पनि मिसिनुलाई झनै अर्थपूर्ण रुपमा हेरिएको छ । 

    यसैबीच, ओली र प्रचण्डबीच शुक्रबार पनि बालुवाटारमा भेट भएको थियो । तर, सो भेट आरोप–प्रत्योरोपमै सीमित भएको स्रोत बताउँछ । शुक्रबार कुरा नमिलेपछि उनीहरुबीच आज पुनः भेट भएको हो ।

    संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक अध्यादेश ल्याएसँगै नेकपा विवाद झनै उत्कर्षमा पुगेको छ । प्रचण्डले अध्यादेशको खुलेरै विरोध गरिहेका छन् ।

    पार्टीको आन्तरिक विवाद चरम उत्कर्षमा पुगिरहेका वेला ओली प्रचण्डलाई भेट्न यसरी खुमलटार गएपछि राजनीतिले नयाँ मोड लिएला कि भन्ने अड्कलबाजी हुन थालेका छन् ।

    शुक्रबार मात्रै प्रचण्ड र माधवकुमार समूहले पेरिसडाँडामा प्रदेश –१ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेको थियो ।

    पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका वेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् ।

     


    शनिवार, पौष ४ २०७७१२:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij