Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट, अपेक्षित काम हुन नसकेको स्विकारोक्ति

सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट, अपेक्षित काम हुन नसकेको स्विकारोक्ति

  • शनिवार, पौष ४ २०७७

  • 934
    SHARES

  • सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट, अपेक्षित काम हुन नसकेको स्विकारोक्ति

     

    काठमाडौं । सरकारको कामप्रति मन्त्रीहरु नै असन्तुष्ट देखिएका छन् । सरकारले राम्रो काम गरेको छ भन्न सक्ने अवस्थामा मन्त्रीहरु नै नरहेको पाइएको छ । पार्टीले निर्वाचनका बेलामा गरेका प्रतिवद्धता अनुसारको काम हुन नसकेको बन मन्त्री शक्तिबहादुर बस्नेतले स्विकार गर्नुभयो ।


    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “जनताले अपेक्षा गरे अनुसारको काम सरकारले गर्न नसकेको म स्विकार गर्दछु ।” मन्त्री बस्नेतले अपेक्षित काम हुन नसकेको सत्य भएपनि केही काम भएको छैन भन्ने आरोप भने सत्य नभएको दावी गर्नुभयो । सरकारले धेरै काम गरेको दावी गरेपनि उहाँले पर्याप्त र सन्तोषजनक कामहरुको विवरण सुनाउन भने सक्नु भएन ।


    सरकारको काम कारबाहीप्रति सर्वत्र प्रश्न उठ्नुलाई स्वभाविक रुपमा लिएको बताउदै मन्त्री बस्नेतले अव पनि यही तरिकाले सरकार चलाएर नहुने आशय व्यक्त गर्नुभयो । सरकारको कार्यशैली तथा क्षमतामा सुधारको आवश्यकता रहेको स्विकार गर्दै उहाँले सवै कुरा ठिक छ भन्न आफुले नसक्ने स्पष्ट पार्नुभयो ।

    पार्टी भित्रको विवादका बारेमा उहाँले नेकपामा लोकतन्त्रको व्यवस्थापनमा असक्षमता देखिएको टिप्पणी गर्नुभयो । लोकतन्त्रको व्यवस्थापन गर्ने कुरामा अरु पार्टीमा पनि समस्या छ, तर सवैभन्दा बढी नेकपामा छ भन्ने देखियो, हामी यसलाई स्विकार गर्नुपर्दछ । नेकपाका प्रभावशाली नेता समेत मानिनुहुने मन्त्री बस्नेतले नेपालको शासन व्यवस्था पूर्ण रुपमा प्रधानमन्त्रीय प्रणाली नभएकाले प्रधानमन्त्रीले एकलौटी गर्न नमिल्ने तर्क गर्नुभयो ।


    शनिवार, पौष ४ २०७७०९:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij