Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार जाँदै

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार जाँदै

  • शनिवार, पौष ४ २०७७

  • 1.5K
    SHARES

  • प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार जाँदै

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उहाँकै निवास जादै हुनुहुन्छ ।
    विगतमा ओलीलाई भेट्न प्रचण्ड नै प्रधानमन्त्री निवास बालुवाटार लगातार जाने गरेकोमा आज भने प्रधानमन्त्री नै प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार जान लाग्नु भएको हो।

    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउन प्रचण्डले अस्विकार गरेपछि ओली प्रचण्ड निवास जान लाग्नु भएको जनाइएको छ । प्रचण्ड पक्षका नेताहरुको हिजो काठमाडौमा भएको भेलापछि उनीहरु थप आक्रामक हुने बताइरहेका बेला ओली नै प्रचण्डलाई भेट्न जान लाग्नु भएको हो ।  प्रधानमन्त्री भएपछि ओली पहिलो पटक दाहाल निवास जान लाग्नु भएको हो।

    उहाँ आफै प्रचण्ड निवासमा जान लाग्नुलाई निकै अर्थपूर्ण र महत्वपूर्ण रुपमा हेरिएको छ । ओली विहान १०बजेपछि प्रचण्ड निवास जानुु हुने भएको दुवै पक्षको निकट श्रोतले पुष्टि गरेको छ।


    शनिवार, पौष ४ २०७७०९:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij