काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।
अध्यादेश संविधानको भावना र मर्म विपरीत र यो तत्काल सरकारले फिर्ता लिन माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।
कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।