Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

किन बोलाए प्रचण्ड र नेपालले जिल्लाका नेतालाई केन्द्र ?

किन बोलाए प्रचण्ड र नेपालले जिल्लाका नेतालाई केन्द्र ?

  • शुक्रवार, पौष ३ २०७७

  • 963
    SHARES

  • किन बोलाए प्रचण्ड र नेपालले जिल्लाका नेतालाई केन्द्र ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले जिल्लास्तरीय नेताहरुलाई केन्द्र बोलाएको छ । उनीहरुलाई छलफलका लागि काठमाडौं बोलाइएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

    आज प्रदेश –१ का १४ वटा जिल्लाका अध्यक्ष र सचिवहरु माओवादी केन्द्रको पुरानो कार्यालय पेरिसडाँडा पुग्नेछन् र त्यहाँ गुटको छलफल हुने बताइएको छ । छलफल करिब १ बजे सुरु हुनेछ ।

    भेलामा पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि नेताहरुसँग छलफल गर्न लागिएको हो । सो भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

    संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक अध्यादेश ल्याएसँगै नेकपा विवाद झनै उत्ष्कर्षमा पुगेको छ ।

     


    शुक्रवार, पौष ३ २०७७१२:२०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij