Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संवैधनिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि सुनुवाइ आज

संवैधनिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि सुनुवाइ आज

  • शुक्रवार, पौष ३ २०७७

  • 822
    SHARES

  • संवैधनिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धको  रिटमाथि सुनुवाइ आज

    काठमाडौंं। संवैधनिक परिषद्सम्बन्धी सरकारले ल्याएको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सरकारले जारी गरेको अध्यादेशविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो ।

    अध्यादेशले संवैधानिक परिषद्को बैठक बस्नका लागि प्रधानमन्त्री र अन्य चार जना सदस्य आवश्यक पर्ने व्यवस्थालाई हटाएर प्रधानमन्त्री र अन्य दुई जना सदस्य भए पनि पुग्ने बनाएको छ । साथै त्यति नै संख्याले परिषद्को निर्णय लिन पनि सक्ने व्यवस्था गरिएको छ ।

    रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद्का सदस्यहरुलाई विपक्षी बनाइएको छ । परिषद्का सदस्य प्रधानन्यायाधीश पनि हुने भएकाले रिटमा उहाँलाई पनि विपक्षी बनाइएको छ ।


    शुक्रवार, पौष ३ २०७७०९:१९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij